

प्रहरीमा कनिष्ठलाई बरिष्ठ बनाएको भन्दै संसदमा उठ्यो आवाज

काठमाडौं । प्रतिनिधिसभाको शुन्य समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवलशमशेर राणाले नेपाल प्रहरीको बढुवाको विषय प्रश्न उठाएका छन् ।
आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै राणाले प्रहरी सेवामा कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको आरोप लगाए ।
‘प्रहरी सेवामा एसएसपीको बढुवाको कुरा धेरै चर्चामा आएको छ । कनिष्ठलाई वरिष्ठ र वरिष्ठलाई कनिष्ठ बनाउने काम भइरहेको छ । यस्तो भयो भने प्रहरी सेवामा प्रहरीहरुको मनोवल घट्छ । र यो देशको हितको लागि पक्कै हुने छैन,’ उनले भने ।