

उत्तर कोरियाले बेलुनमा फोहोर पठाएपछि…

काठमाडौं । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ ।
यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो ।
दक्षिण उत्तर कोरियाको यो कदमको जवाफमा कोरियाले कडा कारबाही गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यसअघि नै सीमापार बेलुन उडान रोक्ने घोषणा गरिसकेको छ । सोमबार, दक्षिण कोरियाको राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषदले काउन्सिलले २०१८ अन्तर-कोरियाली सम्झौता निलम्बन गर्ने निर्णय गरेको बताएको छ। यस सम्झौताको उद्देश्य दुई कोरियाबीच आपसी विश्वास पुनर्स्थापना नभएसम्म सीमा युद्धलाई कम गर्ने थियो ।
सम्झौता निलम्बनसम्बन्धी प्रस्तावलाई मङ्गलबार अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेश गरिने सुरक्षा परिषदले जनाएको छ । उत्तर कोरियाले गत मंगलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा एक हजारभन्दा बढी बेलुन उडाएको छ, जसमा मल, चुरोटको बट, कपडाका टुक्रा र फोहोर कागजले भरिएको थियो ।