

तीनकुनेको एक गोदाममा आगलागी (भिडियोसहित)

काठमाडौं । राजधानीको तीनकुनेमा रहेको एक गोदाममा आगो लागेको छ ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरका नगर प्रहरी र दमकलले प्रयास गरिरहेका छन् । तीनकुनेस्थित एक ट्रेडिङ कम्पनीको विस्कुट र चकलेट गोदाममा लागेको आगो निभाउने प्रयास जारी छ ।
घटनास्थलमा नेपाल प्रहरीका सुरक्षााकर्मी पनि पुगेका छन् । स्थानीय, सुरक्षाकर्मी सबैको सहकार्यमा नियन्त्रणमा लिने प्रयास गरिएको छ ।
विद्युत् लाइन सर्ट भएर आगो लगाइएको प्रारम्भिक जानकारी पाइए पनि विस्तृत विवरण भने आइसकेको छैन ।
भिडियोः