

यस्तो बन्यो सहकारी ठगीविरूद्धको छानबिन समिति

काठमाडौं – सहकारी ठगीबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन गरेको हो।
समितिमा नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् ।
माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । छानबिन समितिको म्याद ३ महिनाको रहेको पनि जनाइएको छ ।