

हुप्सेकोटमा देखियो जिल्लाकै सबैभन्दा बढी बेरूजु, कुन स्थानिय तहमा कति बेरूजु ? (तथ्यांकसहित)

नवलपुर । गण्डकी प्रदेशको नवलपरासी (ब.सु.पु.) जिल्लामा सबैभन्दा बढी बेरुजु हुप्सेकोट गाउँपालिकामा देखिएको छ ।
महालेखा परिक्षणको कार्यालयको प्रतिवेदनअनुसार नवलपुरका ८ स्थानीय तहमा सबैभन्दा धेरै हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत रकम बेरुजु देखिएको छ भने सबैभन्दा कम बेरुजु विनयी त्रिवेणी गाउँपालिकामा देखिएको छ । विनयीमा जम्मा ०.५९ प्रतिशतमात्र बेरुजु देखिएको छ ।
हुप्सेकोटपछि कावासोती नगरपालिकामा धेरै बेरुजु देखिएको छ । कावासोतीमा १.७५ प्रतिशत बेरुजु देखिएको छ । त्यसपछि क्रमशः बुलिङटार गाउँपालिका (१.२७%), बौंदीकाली गाउँपालिका (१.१८%), देवचुली नगरपालिका (१.१०%), मध्यविन्दु नगरपालिका (०.९२%), गैंडाकोट नगरपालिका (०.७१%)र सबैभन्दा कम विनयी त्रिवेणी गाउँपालिका (०.५९%)मा देखिएको हो ।