बुढानिलकण्ठका मेयर अधिकारीसहित चार जनालाई कैद सजाय, तत्काल पक्राउ गर्न आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीसहित चार जनालाई कैद सजाय सुनाएको छ ।

विवादित जग्गामा नगरपालिकाको संरचना बनाएको र अदालतले हटाउनू भन्ने आदेश दिँदा पनि नमानी अदालतको मानहानि गरेको अभियोगमा उक्त फैसला सुनाइएको हो ।

न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले आइतबार उनीहरूलाई एक/एक महिना कैद सजाय सुनाएको हो ।

मेयर अधिकारीसहित अदालतले नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई कैद सजाय सुनाएको बताइएको छ ।

अदालतले वडाध्यक्षहरू भट्टराई, तामाङ र वडा सदस्य श्रेष्ठलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ ।

अधिकारी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।