

सगरमाथा चढेका इन्स्पेक्टर पौडेललाई स्वागत गर्न आधारशिविर नै जाँदै आईजी अर्याल

काठमाडौं । सशस्त्र प्रहरीको इतिहासमा पहिलोपटक सर्वोच्च शिखर सगरमाथामा सशस्त्रको झण्डा फहराउन सफल प्रहरी निरिक्षक (इन्स्पेक्टर) सुरज पौडेललाई सशस्त्रले भव्य स्वागत गर्ने भएको छ ।
सोमबार सगरमाथाको सफल आरोहण गरेका इन्स्पेक्टर पौडेल हिजो (बुधबार) बिहान आधार शिविरसम्म आइसकेका छन् । उनलाई आधारशिविरमै पुगेर स्वागत गर्नका लागि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल जाने भएका छन् । मौसमले साथ दिएको खण्डमा सशस्त्र आईजी अर्याल हेलिकोप्टर लिएर पौडेललाई लिन जाने जनाएका छन् ।
ुसीमा सुरक्षाको जिम्मेवारीमा रहेका स्याङ्जाका पौडेल सशस्त्र प्रहरीबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो व्यक्ति हुन् ।