

कान्तिपुरका अध्यक्ष सिरोहियालाई जनकपुर पुर्याइयो, आज म्याद थप गरिँदै

काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुरधाम पुर्याइएको छ ।
नागरिकता प्रकरणमा कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई स्थलमार्ग (बीपि राजमार्ग) बाट धुलिखेल, सिन्धुली हुँदै बुधबार बिहानै जनकपुरधाम पुर्याइएको हो ।
सिरोहियालाई प्रहरीले बिहान ५ बजेर ५० मिनेटमा जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याएका थिए ।
मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीबाट फक्राउ परेका सिरोहियालाई प्रहरीले सिधै धनुषा लगेको हो। प्रहरीले आज सिरोहियालाई धनुषा जिल्ला अदालतमा लगेर म्याद थप गर्ने भएको छ ।