माइक्रो र टिपर ठोक्किँदा १३ घाइते, ३ को अवस्था गम्भीर, घाइतेहरूकाे नामसहित

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइते ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।

घाइतेको पुरा विवरण, ५ जना घाइतेहरुको विवरण खुल्न बाँकी

१) भ.न.पा ११ बस्ने बर्ष ११ को खम ब. लामा चोट टाउकोमा चोट, मध्यम (भरतपुर)
२) ऐ ऐ ११ बस्ने ५४ कि मन माया लामा पेटमा भित्रि चोट मध्यम (भरतपुर)
३) माईक्रो चालक प्रमेश्वर प्रसाद महत्तो सिरियस (भरतपुर)
४) भ.म.न.पा ११ बस्ने बर्ष ५१ पेमा शेर्पा निधारमा चोट मध्यम (भरतपुर)
५) ऐ ऐ बस्ने बर्ष ५४ को कबिता शेर्पा पेटमा भित्रि चोट अबस्था मध्यम (भरतपुर)
६) ऐ ऐ १५ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारी खुट्टा र ढाडमा चोट मध्यम (भरतपुर)
७) ऐ.ऐ बस्ने बर्ष ४८ कि निरा शर्मा ढाड हात कुम्मा चोट सामान्य (काठमाडाैं)
८) सन्दिप ढकाल बर्ष ३२/३३ को सिरियस (भरतपुर)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *