

सेनाका क्याप्टेन २ सातादेखि थुनामा !

काठमाडौं । अनियमितासम्बन्धि छानविनका लागि नेपाली सेनाका एक अधिकृत दुई सातादेखि थुनामा छन् ।
क्याप्टेन महेश कोइरालालाई सैनिक प्रहरीले थुनामा राखेको हो । क्याप्टेन कोइरालाले भर्नाको क्रममा आर्थिक लेनदेन गरेको उजुरी परेको थियो ।
जसमा प्रमाण भेटिएपछि उनलाई सैनिक प्रहरीले पक्राउ नै गरी थुनामा राखेको जंगी अड्डा स्रोत बताउँछ ।
यो अनियमिततामा सेनाका अन्य अधिकृतहरू समेत तानिने स्रोत बताउँछ ।