

लहानका केही घरमा लुटपाट, डाँकाहरूले बम विस्फोट गराउँदा केही स्थानीय घाइते

सिराहा । सिरहाको लहान नगरपालिका-१७ हरिपुर टोलमा गएराति ६ घरमा लुटपाट भएको छ ।
डाँकाहरुले स्थानीय ६ घरमा लुटपाट मच्चाएको जनाइएको छ । मध्यरात ११ बजेदेखि डाकाहरुले बम पड्काएर लुटपाट गरेका छन् । बम पड्किंदा केही स्थानीयहरु घाइते भएको पनि जनाइएको छ ।
स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घर लुटिएको छ । डाँकाहरुले नगद, गरहना लुटेका हुन्।
घटनाबारे विस्तृत जानकारी आउन बाँकी ।