

कुपन्डोलमा कार दुर्घटना, बिजुलीको पोल समेत भाँचियो

काठमाडौं । ललितपुरको कुपण्डोलमा विद्युतीय कार दुर्घटना भएको छ ।
प्रहरीका अनुसार शनिबार बिहान बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
कार मोड्ने बेलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । विद्युतीय कार र बिजुलीको पोलमा क्षति पुगेको छ ।
कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल छन्। उनी प्रहरी प्रभाग कुपन्डोलको नियन्त्रणमा छन्।