

प्रधान सेनापति शर्माद्वारा उपरथी दाहाललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका जीवन प्रसाद दाहाललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
साथै, पदोन्नति भएका दाहाललाई सोही विभागको जिम्मेवारी दिइएको छ ।