

मेयर चौधरीद्वारा आगलागी पीडितलाई राहत हस्तान्तरण

लहान । लहान नगरपालिका—१७ का आगलागीपीडितलाई नगरपालिकाले राहत उपलब्ध गराएको छ ।
लहान नगरपालिकाका मेयर महेश चौधरीले आगलागी पीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाको तर्फबाट चामल ५०/५० किलो, त्रिपाल, भाँडाकुँडा , दाल, तेल, नुन उपलब्ध गराएका हुन् ।
ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी र सशस्त्र प्रहरी लहानका प्रमुखहरुको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
घरमा जस्तापाता लगाउन नगरपालिकाबाट राहतमा थप २५/२५ हजार नगद उपलब्ध गराउने मेयर चौधरीले जानकारी गराएका छन् ।
यसअघि मुस्लिम समुदायबाट पनि मो. सेराजको अगुवाइ आगलागी पीडितलाई राहत सहयोग भएका छन् । तत्कालै घर बनाउन स्थानीयहरुले सहयोग गरिरहेका छन् ।