बौंदीकालीको सिउनमा स्वास्थ्य शिविर, स्त्रीरोग विशेषज्ञद्वारा परिक्षण गरिने



रकुवा । पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. ३ सिउनमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

रकुवाको सिउनस्थित रकुवा स्वास्थ्य चौकीमा यही २०८१ साल वैशाख २ गते आइतबारका दिन महिलाहरुका लागि विशेष स्वास्थ्य शिविर बस्ने भएको स्वास्थ्य चौकी प्रमुख घननारायण श्रेष्ठले जनाए ।

श्रेष्ठका अनुसार उक्त शिविरमा विशेष गरि आङ (पाठेघर) खसेका, सेतो पानी बग्ने, पिसाब चुहिने समस्या भएका महिलाहरुका लागि विशेषज्ञ शिविर आयोजना गर्न लागिएको छ ।

श्रेष्ठले उक्त शिविरमा उपस्थित भई सबैले आफ्नो समस्या राख्न र उपचार गर्न पाउने अवसरबाट बन्चित नहुन समेत आग्रह गरेका छन् ।