हर्क साम्पाङ भन्छन्, ‘मेरो कर्मको विरोधमा निस्केको गोलि थापेर ढल्न म तयार छु !’



धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशका लागि माया गर्नेहरुको प्राकृतिक मृत्यु नहुने सुनेको जनाउँदै आफ्नो लागि पनि कतै गोली बनिरहेको होला भनेर भनेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो नामको एउटा गोली पनि कतै बन्दै होला ।’ उनले अगाडि लेखेका छन्, ‘मेरो यो कर्मको विरोधमा निस्केको गोलि थापेर ढल्न म तयार छु !’

उनी लेख्छन्, ‘ “मेरो नामको एउटा गोलि” म यो देशलाई असाध्य माया गर्ने मान्छे त्यसैले मेरो नामको एउटा गोलि बन्दैछ होला ! त्यो गोलि र म बीच कुनै दिन भेट हुन सक्छ ! देशलाई माया गर्नेहरुको मरन अक्सर प्राकृतीक हुँदैन विश्व इतिहासमा पढेको सुनेको मैले ! कहिले कहाँ कसको बन्दुक र कस्को हातबाट चल्ने हो त्यो गोलि भन्ने मात्रै फरक हो तर भेट एक न एक दिन हाम्रो हुनेनै छ ! जन्मे पछि मर्नु स्वाभाविक हो ! कोही पनि अजम्बरी छैन त्यसैले मर्ने त मर्छ नै तर मार्ने पनि त मरेर ढलेर माटो मै विलय हुने हो ! म यही माटोलाई सापटी लिएर शरीरमा उभिएको एउटा सानो कदको मान्छे मलाई यही माटोमा विलय हुनु अन्यथा मान्नु पर्ने कुरै छैन ! यो धर्तीमा हामी सबै केही समयका नाटकीय पात्र मात्रै हौँ, दुई दिनको पाहुना ! बाँकी रहने त केवल माटो हो जुन बोल्दैन, चल्दैन र केही गर्दैन तर धेरै कुरा सिकाउँछ ! मलाई यो माटोले यही सिकायो कि यही माटोलाई माया गरूँ ! यहीमाटोलाई पुजूँ र यहीमाटोमै समाहित हुन सकूँ ! देशलाई माया गर्ने राष्ट्रवादीहरुलाई समाजले घृणा गरेर एक्लो बनाएको कहानी पनि सुनेको छु ! म किन जन्में र किन मरें भन्ने कुराको खोजि नै जीवन रैछ भन्ने बुझेको छु ! सबैको हीत चाहनु नै देश प्रेम हो तर सबैको हीत चाहनेको हीत कसैले चाहंदैनन् प्राय किनकि न्याय र अन्याय बीचको लंडाइ अनन्त र सर्बकालीक थियो, छ र रहनेछ ! त्यही लंडाइमा न्यायको पक्षमा उभिएर रहंदा अर्को पक्षमा उभिनेहरुको निशाना बन्नु पर्छ नै ! म तयार छु निशाना बन्नु ! लेखिएको मेट्नु सबैको नियति हो ! म प्रष्ट देख्छु मेरो जन्म केको लागि भयो त्यसैले म आफ्नो नियति देखि भाग्दिन, भग्छु नै बरु ! म यो देशलाई माया गरेर मेरो जीवन पूर्ण बनाउँछु ! मेरो यो कर्मको विरोधमा निस्केको गोलि थापेर ढल्न म तयार छु ! त्यो नयाँ हुनेछैन नयाँ घटना हुँदैहुनेछैन ! एउटा सानो मान्छेको जन्म र मृत्युले फरक पार्दैन र पार्नु हुन्न ! प्रेम र घृणा बीचको यो चक्रीय लंडाइको एउटा सैनिक पात्र हुँ म प्रेमको पक्षको ! मेरो जीवनले पूर्णता त्यो फिन पाउँछ जब म यो माटोमा विलय हुनेछु ! त्यसैले मेरो त्यो पूर्णतालाई सहज बनाइदिने माध्यमको रुपमा बनिने गोलिको स्पर्षलाई हार्दिक स्वागत र स्वीकार छ मेरो ! आह कती आनन्दको त्यो पल ! सम्झिंदा मात्रै पनि खुसीले छाती भरिन्छ ! जे सुकै होस् तर यो माटोमा फेरि जन्मन पाऊँ भन्ने मात्रैको अन्तिम चाहना ! सयौँ चोटि मरूँ अनि सयौँ चोटि जन्मूँ यो देशको माटोमै फेरि फेरि जन्मोँ लाग्छ ! सत्य हो ! सत्य !