

ब्याचीहरुले एसपीको फुली लगाईरहँदा डिएसपी रञ्जीतकारको हातमा सरुवाको चिठी…

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले अघिल्लो साता ८ प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुलाई प्रहरी उपरिक्षक (एसपी)मा बढुवा गर्यो ।
१२ जना प्रतिस्पर्धी रहेकामध्ये बरियता अनुसार बढुवा गरेको भएको नारायण रञ्जीतकार आज एसपीको फुली लगाएर अन्यसँगै पदस्थापन भइसकेका हुन्थे ।
बरियताको छैटौं नम्बरमा रहेका रञ्जीतकार पहिलो नम्बरका प्रदीप क्षेत्रीसँगै बढुवाका लागि छुटेका थिए । यसअघि लागू औषध नियन्त्रण ब्यूरो कार्यशाखा कोटेश्वरमा दरबन्दी रहेका रञ्जीतका आज ब्याजीहरुले एसपीको फुली लगाएर पदस्थापनको सूची पढिरहँदा उनी भने सरुवाको रमाना बुझेर नयाँ ठाउँमा हाजिर हुने सूचना निस्किएको छ ।
प्रहरी प्रधान कार्यालयले उनलाई एसपीमा बढुवा भएका ब्याची निरन्जन दत्त भट्टको स्थान नेपाल प्रहरी विद्यालय साँगामा पठाएको छ ।
त्यस्तै प्रधान कार्यालयले अर्का डिएसपी दिनेश घिमिरेलाई पनि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरुवा गरेको छ ।