

प्रहरीका नयाँ ८ एसपीलाई दर्ज्यानी चिन्ह

काठमाडौं – नेपाल प्रहरीको प्रहरी नायब उपरिक्षक (डिएसपी) बाट प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएका ८ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।
शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । उनीहरुको गत साता बढुवा भएको थियो ।
बढुवा भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, सन्तोष तामाङ, राजन लिम्बू, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, विनोद घिमिरे र यादव ढकालले एसपीको दर्ज्यानी चिन्ह लगाएका हुन् ।
उनीहरू बढुवाका लागि प्रतिस्पर्मा रहेका १२ जना डिएसपीमध्ये शीर्ष बरियताका डिएसपी प्रदीप क्षेत्रीलाई विस्थापित गर्दै बढुवा भएका थिए ।