इन्स्पेक्टर शैलेश्वरीः जो बनिन् डिएसपीमा बढुवा हुने १९ मध्ये एक्ली महिला अधिकृत



काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको प्रहरी नायब उपरिक्षक (डिएसपी) को बढुवा सिफारिस प्रकाशित गरेको छ । हेडक्वार्टरले बुधबार प्रकाशित गरेको सूचीअनुसार १९ जना इन्स्पेक्टरहरु डिएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

१९ नम्बरको शीर्ष बरियतामा निर्मल पनेरु बढुवा हुँदा एक मात्र महिला अधिकृत डिएसपी बढुवा भएकी छिन् । हाल बर्दियास्थित इलाका प्रहरी कार्यालय मोतीपुरमा कार्यरत कैलालीकी शैलेश्वरी बढुवा हुने एकमात्र महिला इन्स्पेक्टर हुन् ।

उनी २०७० चैत ९ गते प्रवेश गरेकी हुन् । डोटीबाट मास्टर्स पढ्न काठमाडौं आएकी शैलेश्वरीले सरकारी जागिर प्रवेश गर्ने चाहना राखिरहेको बेला खुलेको इन्स्पेक्टरका विभिन्न चरणहरु पार गर्दै प्रहरी संगठनभित्र प्रवेश गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसन्धान अधिकृतको जिम्मेवारी समेत निर्वाह गरेकी शैलेश्वरी नेपाल प्रहरीकी उत्कृष्ट अनुसन्धान अधिकृत मानिन्छिन् । उनी कपिलवस्तुमा रहँदा इलाका प्रहरी कार्यालय छपियामा इन्चार्जका रुपमा काम गरिसकेकी बोहोराले जिम्मेवारीको हैसियतमा केही जिल्ला कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेको पनि अनुभव रहेको छ ।

संगठनभित्र कुशल र उत्कृष्ट महिला अधिकृतका रुपमा गनिने उनी उत्कृष्ट भएकै कारण अधिकांश समय कमाण्डको भूमिकामा रहने सौभाग्यसमेत प्राप्त गरेकी छिन् ।

पेशामा रमाइरहेको बताउने गरेकी शैलेश्वरी अहिले इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियामा कार्यरत छिन् । मुख्य राजमार्गमा रहेको उक्त इलाका प्रहरी कार्यालयमा पनि उनले उत्कृष्ट कार्य गर्दै आएकी छिन् । प्रहरी संगठन चेन अफ कमाण्डमा चल्ने संगठन भएकाले सहकर्मीहरुका साथै मातहतका कर्मचारीबाट पूर्ण सहयोग पाइरहेको बताएकी छिन् । -कागजपत्र