प्रहरी जवान बिक झुण्डिएको अवस्थामा मृत फेला

धनगढी । कैलालीको धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन्।

प्रहरी जवान सुरज बिक धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जङ्गलमा बुधबार झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बझाङमा सादा पोसाकमा रहेर काम गर्दै आएका जवान बिक घरायसी कामको लागि बिदा लिएर धनगढी आएका थिए।

स्रोतका अनुसार चैत १३ गते बझाङबाट ४ दिनका लागि बिदा मागेर आएकाे जनाइएको छ । उनी बिहानसम्म धनगढी बजारमै रहेकोमा बेलुका मृत भेटिएका हुन् ।

प्रहरीले भने घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *