नेपाल प्रहरीको डिएसपीमा बढुवाको तयारी, यी हुन् दाबेदारहरू (नामसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवाको तयारी गरेको छ । डिएसपीबाट एसपी बढुवाको लागि लामो समय लगाएर आलोचना भोगिरहेको हेडक्वार्टरले इन्स्पेक्टरबाट डिएसपी बढुवा भने छिटै गर्ने तयारी गरेको हो ।

प्रधान कार्यालयले डिएसपी बढुवाका लागि प्रतिस्पर्धामा रहेकाहरुको लिस्ट तयारी गर्दैगर्दा यता बढुवा हुने लाइनमा रहेका ९८ इन्स्पेक्टरहरु बढुवाका लागि दौडधूप सुरु गरेका छन् ।

१९ जनाको दरबन्दी खाली रहेको डिएसपीमा बढुवाका लागि ९८ जना इन्स्पेक्टरले जोडबल गरिरहेका छन् ।

यसअघि एसपी बढुवा गर्दा पहिलो नम्बरकै डिएसपी छुटेको तीतो यथार्थ नबिर्सिएका इन्स्पेक्टरहरुले बरियता, कार्यक्षमता र दक्षता भन्दा भनसुनलाई नै जोड दिएको बढुवाको दौडमा रहेका एक इन्स्पेक्टर बताउँछन् ।

२०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका १४७ जनाको व्याजमध्येका इन्स्पेक्टर यसपटक बढुवा हुनेछन् ।

बढुवाको सूचीमा रहेका मध्ये वरियताअनुसार दरबन्दीअनुसारको टप १९ मा आयुश प्रसाद जोशी, दिपक मल्ल, धनबहादुर बोहरा, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, इन्द्रजित इटनी, प्रताप पौडेल, बोधराज रेग्मी, बीरदत्त पन्त, टेकेन्द्र शर्मा पौडेल, गंगाबहादुर सारु, टेकबहादुर जोरा, प्रविण कार्की, रमेश दत्त अवस्थी, जर्नादन घिमिरे,गुणराज बुढाथोकी, चन्द्र कुमार सिंह, पुरुषोत्तम कार्की र हिरेन्द्र बहादुर रोकाया रहेका छन् ।

एसपी बढुवामा जस्तो उथलपुथल नभएमा यिनै १९ इन्सपेक्टर डिएसपी हुने देखिएको छ ।

त्यस्तै त्यसपछिको सूचीमा भिषणबाबु राई, राजु खत्री, हिमबहादुर खत्री, मधु नेपाल, मोहनजंग बुढाथापा, चक्र बहादुर डम्बरपाल, अनिलराज गिरी, निर्मल पनेरु, सुरेन्द्र प्रसाद जोशी, पवन्द्र बहादुर बम, गणेश सापकोटा, आशिष अधिकारी, शंकर प्रसाद आचार्य, बसन्त गौतम, राजन रायमाझी, पञ्जलाल गोले, रुकबहादुर खड्का, जनक पुरी, लोकबहादुर जिसी, केदारमान दोङ, केशवराज ज्ञवाली, दिपक सुवेदी, रणबहादुर चन्द, पुष्कर बोगटी, चन्द्रभुषण यादव, बसन्त पाण्डे, रामप्रसाद तिमल्सिना, प्रसन्नराज चौधरी, योगेन्द्र तिमल्सिना, विष्णु प्रसाद बस्याल पनि बढुवाका दाबेदार हुन् ।

त्यस्तै शिला थापा, नविन पौडेल, सुरेश गौतम, भिमबहादुर खड्का, रामचन्द्र तिवारी, मिलन बस्नेत, यमलाल बन्जाडे, गुरु प्रसाद तिम्सिना, खुमानन्द पाण्डे, दिवशबहादुर जिसी, राजेन्द्र कुमार उपाध्याय, हरि बहादुर बिसी, गणेशचन्द्र कोइराला, बिक्रम लामा, मोह प्रकाश चौधरी, पदमराज थापा, राज कुमार सिंह पनि प्रतिस्पर्धामा छन् ।

गोपीकृष्ण सुवेदी, नवराज न्यौपाने, देवेन्द्र कुमार मल्ल, दिपक पातली, शैलेन्द्र न्यौपाने, शैलेन्द्र कुमार भट्ट, योगराज खतिवडा, डम्बर बहादुर पुरी, शैलेश्वरी बोहरा, सरोज राई, लोकेन्द्रसिंह गुरु, हिरासिंह महरा, सन्तोष श्रेष्ठ, बुद्धिसागर पुरी, हेमराज घिमिरे, हस्तबहादुर सुनार, गोविन्द रावल, सुवास भट्टराई, देवेन्द्र बहादुर शाह, नरेशराज मल्ल, हिमा थोकर, राजिव श्रेष्ठ, राजन लामा पनि छन् ।

अन्तिम सूचिमा भाष्कर खतिवडा, सुरज बहादुर खड्का, कृष्ण प्रसाद विष्ट, अनिल पण्डित, मदन थापा, कमल बहादुर खड्का, वकिल बहादुर सिंह, हरिबहादुर बस्नेत र शंकर खड्का छन् ।

उनीहरू सबै २०७० चैत ९ गते इन्सपेक्टरमा भर्ना भएका अधिकृतहरु हुन् ।

एसपीसम्मको बढुवाको अधिकार रहेका प्रहरी महानिरीक्षक (आईजी) ले नै इन्स्पेक्टरको बढुवा गर्ने भएता पनि केही इन्स्पेक्टरहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन् । एसपी बढुवामा बालकोट र बालुवाटार हाबी रहेको प्रत्यक्ष अनुभव गरिएको सातादिन नबित्दै हेडक्वार्टरले सुरु गरेको डिएसपी बढुवामा पुनः दबाब नआउला भन्न सकिन्न ।

गृहमन्त्रालय सम्हालेका रास्वपा अध्यक्ष रवि लामिछानेका केही कार्यकर्तालाई पनि डिएसपी बढुवाका लागि फोन आउन  थालिसकेको जनाइएकोछ । गत आम निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार रहेका एक नेताले डिएसपी बढुवाका लागि गृहमन्त्रीलाई भनिदिनका लागि आफूलाई पनि फोन आएको बताए ।

आईजी बसन्त बहादुर कुँवरले डिएसपी बढुवाका लागि प्रतिस्पर्धामा रहेका इन्स्पेक्टरहरुको ‘ट्रयाक रेकर्ड’को छानबिन सुरु गरिसकेको जनाइएको छ ।