

पाँचाैं दिन मृत भेटिए त्रिशुली ट्याक्सी दुर्घटनामा बेपत्ता दिवस

चितवन । त्रिशूली नदीमा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखाको पौवाखेतका १८ बर्षीय विवश रोकाको शव भेटिएको छ ।
बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको हो।
चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो ।
दुर्घटनामा परेर वेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो ।
शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।
आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।