बिना भिषा नेपाल बस्ने ५ बंगलादेशी पक्राउ

काठमाडौं । भिसा अवधि समाप्त पश्चात गैर कानुनी तवरले बसिरहेका ५ जना बंगलादेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बंगलादेशी नागरिकहरू २६ वर्षीय एमडि रिफत अहमद, २३ वर्षीय एमडि अबदुल्ला, ४५ वर्षीय एमडि समसुयल होडा, ३० वर्षीय अबदुल विश्‍वास र ३६ वर्षीय एमडि मासुम मियालाई नियन्त्रणमा लिएको हो ।

बंगलादेशी नागरिकहरू विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढंगले काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्नुको साथै शंकास्पद गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त कार्यलायबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *