

प्रहरी सहायक हवल्दार माझीको चट्याङ लागेर मृत्यु

पाँचथर । पाँचथरमा चट्याङले लागेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो ।
ढोका उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको थियो । त्यहाँबाट राति नै थप उपचारका लागि जिल्ला अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
गस्तीमा रहेका बेलामा हावाहुरीसहित पानी परेपछि चौकी फर्किर ढोकामा उभिएका बेला उनलाई चट्याङ लागेको हो ।
मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।