एसएसपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएकी उमा ज्ञवालीले दर्ज्यानी चिन्ह पाएकी छिन् ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फकी ज्ञवालीलाई एसएसपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

उनलाई गत फागुन १३ गते एसएसपीमा बढुवा सिफारिस गरिएको थियो ।

उनी नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगंज, काठमाडौंमा कार्यरत छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *