

होटलमा मृत अवस्थामा भेटिए सिटिजन्स बैंकका कर्मचारी

विराटनगर । सिटिजन्स बैंक विराटनगरमा कार्यरत एक कर्मचारी होटेलमा मृत फेला परेका छन् ।
विराटनगर–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा बैंकका कर्मचारी क्षितिज घिमिरे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो । उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।