

सशस्त्र हेडक्वार्टरमा गृहमन्त्री लामिछाने, ‘कानुनअनुसारको काम गर्न आदेश पर्खनुपर्दैन’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, ‘कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन। कार्य सम्पादनपछि प्रतिवेदन पेस गरे हुन्छ। कानुन कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानुन लाग्छ भन्ने ख्याल गर्नुहोला।’
उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण गराए ।