

गृहमन्त्री लामिछानेको सिआईबी प्रमुख ज्ञवालीलाई निर्देशन, ‘प्रतिवेदनले औंल्याएका सबैलाई कारबाही गर्नुस्’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीलाई यस्तो निर्देशन दिएका हुन् ।
आइतबार बिहान मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित सो प्रतिवेदनले औँल्याएका निजामती र प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।