प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।

मत विभाजन हुँदा कुल २६८ मत खसेकामा  प्रचण्डले  १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको  विपक्षमा ११० मत पर्दा एक सांसद तटस्थ रहे ।

दाहालले प्रस्ताव गरेको प्रस्तावमा १५७ मतसहित विश्वासको मत पाएका छन् ।

त्यसको विपक्षमा ११० मत परेको थियो भने १ मत मत दिन्न भन्नेमा परेको सभामुख देवराज घिमिरेले जनाए ।