‘तपाईंले मलाई हैन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुस्’

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरी संगठनका कर्मचारीहरुलाई अपिल गर्दै अपराध गर्नेहरुविरुद्ध कारबाहीका लागि कसैको पनि आदेश कुर्नु नपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् गृहमन्त्री लामिछानेले देशको कुनै पनि भागमा कुनै व्यक्ति वा समूहले अवैध कार्य, गुण्डागर्दीलगायतका अपराध गरेकालाई कारबाही गर्नका लागि कसैको आदेश नचाहने स्पष्ट पारेका छन् ।

लामिछानेले आम सुरक्षाकर्मीहरुलाई अपिल गर्दै लेखेका छन्, देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला) !!

र यो पनि…

गृहमन्त्री लामिछानेलाई एक सिपाहीको पत्र, मन्त्री ज्यू ! सिपाहीहरुले पनि सुन्दर सपना देख्न जानेका हुन्छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *