

आज हेडक्वार्टर जाँदै गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आज (आइतबार) नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल जाने भएका छन् ।
गृहमन्त्रालय सम्हालेपछि हरेक मन्त्रीले प्रधान कार्यालयको निरीक्षण गर्ने परम्परा रहेकोले लामिछानेले दोस्रो पटक प्रधान कार्यालयको निरीक्षणका लागि जाने भएका हुन् ।
उनी यसअघि अघिल्लोपटक मन्त्री बन्दा २०७९ साल पुस १५ गते हेडक्वार्टर पुगेका थिए ।