त्रिशुली बस दुर्घटना अपडेटः ५* जनाको मृत्यु, ४० जनाको उद्धार



काठमाडौं । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्दा भएको दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

आज बिहान ५ बजे लु २ ख २१२१ नम्बरको  तीब्र गतिको बस अनियन्त्रित भई धादिङको गजुरीको गलौदीस्थित सडकबाट त्रिशुली नदीमा खस्दा ५ जनाको मृत्यु भएको हो ।

नदीमा खसेकामध्ये ४० जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसका साथै नेपाल प्रहरी र स्थानीय पनि उद्धारमा खटिएको जनाइएको छ ।

दुर्टघनाको थप विवरण आउन बाँकी नै छ।

* ५ जनाको मृत्यु हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । – स.