प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दूध किसानको बक्यौता र चितवनमा मृत्य भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको हो ।
दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए ।
आन्दोलनरत पक्षसँग सरकारले २१ चैत भित्र बक्यौता चुक्ता गर्ने सहमति गरिसकेको छ।
दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापति लामिछानेले ध्यानाकर्षण गराएका थिए ।