

नेपालले दियो १८१ रनको लक्ष्य

काठमाडौं । नेपालले राजधानीको कीर्तिपुरमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको तेस्रो खेलमा नामिबियासामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । जारी सिरिजमा तेस्रोपटक टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेपछि नामिबियाले उक्त लक्ष्य पाएको हो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक अविजित ५५ रन बनाए । मल्लले आरिफ शेखसँग मिलेर पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रन बनाएर आउट भएका हुन् । यसअघि गुल्सन झा २६, अनिलकुमार शाह २३, दीपेन्द्रसिंह ऐरी १६, कप्ताज रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख एक रनमा आउट भएका हुन् ।
बलिङमा नामिबियाका बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिन सफल भए ।