

सैनिक ऐन संशोधन गर्दै सरकार, यसै अधिवेशनमा पेश हुन्छः खड्का

काठमाडौं । नेपाली सेनाको सैनिक ऐन २०६३ संशोधन गर्न लागिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार राष्ट्रिय सभामा बोल्दै सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको जनाएका हुन् ।
उपप्रधानमन्त्री खड्काले संघीय संसदको चालु अधिवेशनमै संसदमै संशोधनका लागि पेश गर्ने तयारी रहेको जनाए ।
उनले भने, ‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु ।’
यसका साथै सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा समेत क्रियाशिल रहेको उनले बताए ।