

करण केसी फेरि ‘हिरो’, नामिबियाविरुद्ध ३ रनले नेपाल विजयी

काठमाडौं । अन्तिम ओभरमा करण केसीको उत्कृष्ट बलिङका साथ नेपालले नामिबियाविरुद्धको दोस्रो टी—२० म्याचमा रोमाञ्चक जित हासिल गरेको छ ।
आफ्नो तेस्रो खेलमा नामिबियालाई ३ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको नामिबिया निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा नामिबियालाई जितका लागि १२ रन आवश्यक रहेको बखत करण केसीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रनको रोमाञ्चक जित दिलाएका हुन् ।