

नामिबियाविरुद्ध सम्हालिएन नेपाल, गुम्याे ४ विकेट

काठमाडौं । नामिबियाविरुद्धको खेलमा नेपालको पारी लर्खराएको छ ।
नेपालले अहिलेसम्म चार विकेट गुमाइसकेको छ ।
नेपालका माथिल्ला क्रममा सबै ब्याट्सम्यान आउट भइसकेका छन् । आशिफ शेख १ रनमा आउट हुँदा दोस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।
त्यसपछि कुशल भुर्तेललाई बेन्चमा राख्दै टिममा स्थान बनाएका अनिल शाह २३ रन बनाउँदै आउट भएका थिए । त्यसपछि केही छक्का प्रहार गरेर नेपालको पारीमा आशा देखाएका गुल्सन झा पनि २६ रनमा आउट भएपछि नेपाल अहिले ८ ओभरमा ६६ रन बनाएको छ ।
अहिले नेपालका तर्फबाट ब्याटिङका लागि आरिफ शेख र कुशल मल्ल क्रिजमा रहेका छन् ।