

नेपाललाई पहिलो झड्का, आशिफ शेख १ रनमा आउट

काठमाडौं । नेदरल्याण्ड्स, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले नामिबियासँगको खेलमा पहिलो झड्का ब्यहोरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खेलको दोस्रो ओभरमा आशिफ शेख आउट भएका छन् ।
नेपालले आफ्नो तेस्रो खेलमा तीन परिवर्तन गरेको छ । नामिबियासँग खेल्दै गर्दा आज नेपाललाई जित्नै पर्ने दबाब हुनेछ ।
यसअघि सिरिजका दुई खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ ।
टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।
आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई आज बाहिर राखिएको छ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । आजको खेलमा पनि पराजित भए नेपाल औपचारिक रुपमा फाइनल दौडबाट बाहिरिनेछ ।