

सशस्त्र डिआईजी बढुवा सिफारिसमा ढिलाई, कहिलेसम्म होला त सिफारिस ?

काठमाडौं । सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) सिफारिस ढिला भएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरले फागुन ३ गते डिआईजी बढुवाका लागि एक साताको समयावधि तोकेर मूल्यांकन फारम भर्नका लागि सूचना आह्वान गरे पनि हालसम्म बढुवा सिफारिस गर्न सकेको छैन ।
यसअघि अन्य पदहरुमा सशस्त्रले मूल्यांकन फाराम भर्न तोकिएको मितिको भोलिपल्ट नै बढुवा सिफारिस सूची प्रकाशित गर्नेमा यसपटक एकमात्र डिआईजीका लागि सिफारिस गर्न ढिलाई गरेको हो ।
एकमात्र पद भएको र आकांक्षी धेरै भएकोले पनि बढुवा सिफारिस हुन नसकेको जनाइएको छ । तर, कतिपयले भने सशस्त्रमा पनि बाह्य शक्तिको दबाब भएका कारणले बढुवा सिफारिस नभएको दाबी गरे पनि सशस्त्र बढुवा समितिले भने १÷२ दिनभित्र नै बढुवा सिफारिस गर्ने तयारी गरिरहेको जनाइएको छ । स्रोतका अनुसार योग्यता, कार्य दक्षतालाई नै प्रमुख आधार मानेर बढुवा सिफारिस गरिनेछ । त्यसका लागि दरखास्त दिएकामध्येबाट कसलाई सिफारिस गर्ने भन्ने सम्बन्धमा अध्ययन भइरहेको जनाइएको छ ।