

सशस्त्र डिएसपी केसी २५ हजार धराैटीमा रिहा

काठमाडौं । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश गरेसँगै उनी रिहा भएका हुन् ।
महिलाको अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले उनलाई फागुन ६ मा पक्राउ गरेको थियो । अदालतको आदेश अनुसार धरौटी तिरेर उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
हलचोक स्थित न्यू इभान पोइन्ट रेष्टुरेण्टमा अपरिचित महिलाको भिडियो खिचेको आरोपमा प्रहरी वृत स्वयम्भुले उनलाई थुनामा राखेर अनुसन्धान गरेको थियो । रेष्टुरेण्टको शौचालयमा भिडियो बनाएको आरोप लगाएर पीडितले उनीविरुद्ध जाहेरी दिएका हुन् । डीएसपी केसी नम्बर–४ बाहिनी पोखरामा कार्यरत छन् ।