

मध्यपश्चिम पृतनापतिमा उपरथी श्रेष्ठ, राष्ट्रिय सुरक्षा परिषद्को जिम्मा थापालाई

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका तीन जना सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रमबीच प्रधानसेनापति शर्माले सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
श्रेष्ठलाई मध्य पश्चिम पृतना, थापालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय र देउजालाई संभाररथी विभागमा जिम्मेवारी दिइएको छ ।