

हिँडेर अमेरिका पुगेका यी ८ नेपाली उडेर फर्काइए…

काठमाडौं । अवैधरुपमा अमेरिका पुगेका ८ जना नेपालीलाई स्वदेश फर्काइएको छ । उनीहरुलाई अमेरिकी चार्टर उडानको विमानबाट बिहीबार काठमाडौं ल्याइपुर्याइएको हो
विभिन्न मुलुक हुँदै अवैधानिक रुपले अमेरिकाको विभिन्न राज्यमा प्रवेश गरेका उनीहरुलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले समातेको थियो । त्यसपछि ट्राभल डकुमेन्ट बनाएर ती सबैलाई चार्टर उडानमा अमेरिकी अधिकारीहरुले ल्याएका हुन् ।
फर्काइनेहरुमा अशोक छन्त्याल, छिरी शेर्पा, दिपेन्द्र अदाई, द्रोर्ण अधिकारी, गणेश बोहरा, निमा शेर्पा, नयेन्द्र पुन र राजु बानियाँ रहेका छन् ।
अमेरिकी अधिकारीहरुले उनीहरुलाई विमानस्थलमा रहेको नेपाल प्रहरीको मानब बेचबिखन ब्यूरोका प्रतिनिधिहरुलाई बुझाएका थिए ।