

नेपाल १६८ रनमा अलआउट, नामिबियाले पायो १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टुको तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लाग १६९ रनको लक्ष्य दिएको छ ।
नामिबियाका बनार्ड स्क्ल्चले चार विकेट लिएपछि नेपाल ३७.१ ओभरमा १६८ रनमा अलआउट भएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आशिफ शेखले अर्धशतकीय पारी खेलेपछि अन्य ब्याट्सम्यान चल्न नसक्दा न्यून रनमा खुम्चिन बाध्य भयो ।
नेपालका लागि कुशल भुर्तेल १८ रनमा आउट हुँदा कुशल मल्ल ३६ रनमा आउट भए भने भिम सार्की २६ रनमा आउट भए ।
नेपालका ३ जना ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए । नेपालका अनिल शाह, देव खनाल र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भएका थिए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट हुँदा सोमपाल कामी ४ रनमा आउट भएका थिए ।
नामिबियाका लागि जान निकोला लोप्टीले पनि ४ विकेट लिएका थिए । त्यस्तै ज्याक ब्रासेल र गेरहार्ड इरासमसले १/१ विकेट लिए ।