

सितापाइलामा दुई नाबालिकासहित महिलाको हत्या, श्रीमान् फरार

काठमाडौं । काठमाडौं सितापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको छ ।
स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार आमा र दुई छोरीको शव कोठामा भेटिएको छ । बाबु सोलुखुम्बुका राजु घिमिरे भने फरार रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार ३९ वर्षीया आमा र ८ र २ वर्षीया छोरीको हत्या भएको हो ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।