

नेपाललाई छैटौं झट्का, कुशल मल्ल ३६ रनमा आउट

काठमाडौं । नामिबियाविरुद्धको खेलमा नेपालले छैटौं झड्का ब्यहोरेको छ ।
नेपालका कुशल मल्ल ३६ रन बनाउँदै छैटौं विकेटका रुपमा आउट भएका हुन् ।
त्यसअघि नेपालका तीन जना ब्याट्सम्यान शुन्य रनमा आउट हुँदा आशिफ शेखले ५८ रन बनाउँदै आउट भएका थिए भने कुशल भुर्तेल १८ रनमा आउट भएका थिए ।
नेपालका अनिल शाह, देव खनाल र रोहित पौडेल शुन्य रनमा आउट भएका थिए ।
अहिले भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन् ।
नेपाल अहिले २७ ओभरमा १२८ रन बनाउँदा ६ विकेट गुमाएर खेलिरहेको छ ।