

सितापाइलामा छोरीहरूसहित मृत भेटिएकी महिलाका श्रीमान् पनि झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सोलुखुम्बुका रामप्रसाद सुनार मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।
उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
यस्तै पहिले मृत भेटिएका ३ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ तथा साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ । मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।