

बझाङ केन्द्रबिन्दु भएर भूकम्प, आसपासका जिल्लामा धक्का महसुस

काठमाडौं । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो ।