

ललिता निवास प्रकरणको फैसला, क–कसले पाए सफाई, को ठहरिए दोषी ?

काठमाडौ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कांग्रेस नेता विजय गच्छदारले सफाइ पाएका छन् ।
विशेष अदालतले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेता गच्छदारलाई सफाइ दिएको हो ।
यस्तै सोही प्रकरणमा पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठले पनि सफाइ पाएका छन् ।
त्यस्तै सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर भएका छन् ।
विशेष अदालतले पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्तलाई पनि दोषी ठहर गरेको छ ।
यस्तै अदालतले प्रेम बहादुर खापुङलगायतलाई ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय गरेको छ ।
त्यस्तै तत्कालिन भूमिसुधार मन्त्री चन्द्रदेव जोशी र तत्कालिन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् ।
विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा मन्त्री जोशी र सचिव अधिकारीलाई सफाइ दिएको हो ।