डिएसपी घिमिरे भए ‘पुलिस अफ द मन्थ’



काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक अनिल घिमिरेलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको अपराध महाशाखाले डिएसपी घिमिरेलाई माघ महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो।

हाल उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले दिएको जिम्मेवारी सम्हाल्दै डिएसपी घिमिरेले विशेषगरी उपत्यकाको शान्ति सुरक्षालाई ध्यानमा राख्दै अपराध अनुसन्धान कार्यालयले अपरेशनहरु चलाउँदै आएको र आगामी दिनमा पनि उपत्यकाबासीलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मा आफ्नो भएको जनाउँदै कार्यालयले सुरु गरेका अपराध अनुसन्धानका कार्यहरुलाई पूर्णता दिने समेत जनाए ।