राेहितको अलराउण्ड प्रदर्शनसहित क्यानडाविरूद्ध नेपाललाई सिरिज



काठमाडौं । कप्तान रोहित पौडेलले अलराउण्ड प्रदर्शन गरेपछि नेपालले क्यानडाविरुद्धको सिरिजमा एक खेल अगाडि नै कब्जा जमाएको छ । शनिबार सम्पन्न दोस्रो खेलमा पौडेलले ८७ रन र २ विकेट लिएपछि नेपालले पाएको विशाल रन लक्ष्य ४५.१ ओभरमा पूरा गरेपछि नेपालले सिरिजमा कब्जा जमाएको हो ।

क्यानडाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय ओडिआई खेलमा नेपालले शानदार जित हात पारेको छ ।

२८६ रनको लक्ष्य पाएको नेपालले २९ बल बाँकी रहँदै ६ विकेट गुमाएर २८७ रन बनाएर सिरिज आफ्नो पोल्टामा पारेको हो ।

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए ।

जितसँगै नेपालले तीन खेलको शृंखलामा २-० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

नेपालको जितमा ओपनर अनिल शाहको विस्फोटक अर्धशतकसहित कप्तान रोहित पौडेल र यू–१९ का कप्तान देव खनालले पनि अर्धशतक प्रहार गरेका थिए ।

शाहले २० बलमा ५० रन बनाएर नेपालको तर्फबाट सर्वाधिक थोरै बलमा अर्धशतक बनाएका थिए । यसअघि आशिफ शेखले २१ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।

त्यस्नै नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाएका थिए । उनले उक्त रन १०१ बल खेल्दै बनाएका थिए । त्यस्तै देव खनालले ७६ रन बनाएर आउट भएका थिए ।

त्यस्नै नेपालका लागि भिम सार्कीले २३ रन बनाएका थिए भने पवन सर्राफले १४ रन बनाएका थिए । नेपालको जितमा कुशल मल्ल र सोमपाल कामीले ९/९ रन बनाएका थिए । कुशलले अन्तिममा छक्का प्रहार गर्दै नेपाललाई एक खेल अगाडि नै सिरिजमा कब्जा जमाएका थिए ।

क्यानडाका लागि हर्ष ठाकेर र ईश्वरजोत सोतीले २/२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बज्वाले १/१ विकेट लिएका थिए ।

त्यसअघि क्यानडाले टस जितेर पहिले ब्याटिङ गरेको थियो । उत्कृष्ट सुरुवात गरेको क्यानले पहिलो विकेट ९४ रन बनाउँदा गुमाएको थियो । क्यानडाका लागि अरुण जोन्सले ६५ रन बनाए भने अर्का ओपनर नभनीत धालीवालले ४६ रन बनाए । त्यस्तै शेयर मोभ्भाले ४० रन बनाउँदा परगत सिंहले ३८ रन बनाएका थिए ।

क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिएका थिए ।

अब नेपाल र क्यानडाबीचको अन्तिम खेल सोमबार हुनेछ । उक्त खेलमा पनि जित हात पारेमा नेपालले सिरिज क्लिनस्विप गर्न सक्छ ।